eNepal

यसपालीको दशैमा रास्ट्रबैकले नयाँ नोट वितरण नगर्ने भएको छ

काठमाडौं – हिन्दुहरुको महानचाड दशैंको विषेशता राम्रो लगाउने र मिठो खान, ठुलाबडासँग आशिर्वादसँगै दक्षिणामा नयाँ नोट प्रमुख हुन्छ ।

राष्ट्र बैंकले प्रत्येक वर्षको दशैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो । तर यो वर्षको यसपालीको दशैंमा नयाँ नोट नपाइने भएको छ ।

कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको हुँदा अघिल्ला वर्षहरुमा झैं राष्ट्र बैंकले दशैंको लागि नयाँ नोट निष्काशन नगर्ने भएको हो ।

यसअघिका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो ।

तर यसपाली भने बढ्दो कोरोना भाइसरको संक्रमणका कारण भिडभाड हुने जस्ता कुनै पनि कार्य नगर्ने सरकारको निर्देशन छ । सो निर्देशनलाई पालना गर्दै दशै लक्षित नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले बताए ।

‘पहिले जस्तो समय तोकेर वा बैंक निर्धारण गरेर दशैंमा नयाँ नोट वितरण यो वर्ष हुँदैन’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘यस विषयमा थप छलफल अझै भइरहको छ, असोजको पहिलो सातासम्म आधिकारीक निर्णय गरी सूचना जारी हुन्छ ।’

राष्ट्र बैंकले गत वर्षबाट दशैं बाहेक पनि नयाँ नोट आवश्यक पर्नेलाई बैंकमार्फत् वितरण गरिरहेको छ । दशैंमा नोट आवश्यक पर्नेले अहिलेबाटै सम्बन्धित बैंकबाट सुरक्षित तबरले लिनसक्ने उनले जानकारी दिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal