eNepal

हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गर्न कार्यदल गठन

काठमाडौं – पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो प्रस्ताव लैजाने तयारी गरेको हो ।

मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बिहीबार मन्त्रालयमा बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको हो ।

त्यसका लागि पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहने गरी समितिसमेत गठन गरिएको छ ।

उक्त समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । बिहीबारको बैठकले पशुपति र लुम्बिनी सङ्ग्रहालय खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी कोरोना सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पेस गर्ने निर्णय पनि गरेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal