eNepal

आज बिश्व गैडा दिवस

काठमाण्डौ -आज विश्व गैंडा दिवस, संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरी नै विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् ।

गैंडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्लूडब्लूएफ ले सन् २०१० देखि यो दिवस मनाउने निर्णय गरेको हो । अहिले विश्वमा कालो, सेतो, एक सिंगे, सुमात्रान र जाभा गरी पाँच प्रकारका गैंडा छन् ।

नेपालमा भने एक सिंगे गैंडा मात्रै पाइन्छ । सन् २०१३ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैंडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै नेपालमा ६ सय ५ वटा गैंडा छन् । निकुञ्जका अनुसार आर्थिक वर्ष २०७४/७५ मा २६ वटा गैंडा मरेका छन् भने २०७५/७६ मा ४३ वटा मरेका छन् ।

निकुञ्जले आउँदो चैत महिनामा गैंडा गणना गर्ने योजना बनाएको निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरेले जानकारी दिनुभयो ।

यस्तै, सन् २०१३ मा गएको गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा २९, पर्सा राष्ट्रिय निकुञ्जमा ३ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ वटा गैंडा रहेका निकुञ्जहरुले जनाएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal