eNepal

आज नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा शनिबार थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालमा थप २०२० जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

होम आइसोलेसनमा ७ हजार  ९७६ र संस्थागत आइसोलेसनमा ९  हजार १९३  रहेको छ । अहिले देशका विभिन्न आइसोलेसनमा १७ हजार १२९ जना संक्रमित उपचाररत छन् । गत २४ घण्टामा १ हजार ४ सय ४७ जना जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २६७  पुगेको छ ।

आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४०१ जना रहेको छ । शनिबार   पीसीआर विधिबाट १० हजार ३३३ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म  ९ लाख ४ हजार ७०६ जनाको कोरोना परीक्षण भएको छ ।  अहिले देशभरीका विभिन्न  क्वारेन्टाइनमा ७ हजार ७३५ जना रहेका छन् । 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal