eNepal

आज २०७२ को संविधान जारी गरेको दिन ,संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइदै

काठमाडौँ -आज पाचौँ संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । राष्ट्रिय दिवसका रुपमा समेत मनाइँदै आएको संविधान दिवसका अवसरमा आज बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ ।

यस्तै कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिका कारण सावधानी अपनाउँदै देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा वर्षेनी मनाइँदै आएको छ ।

दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व काँधमा आएको बताउनुभएको छ । यस्तै, उपराष्ट्रपतिसहित विभिन्न दलका नेताहरूले पनि संविधान दिवसको शुभकामना दिएका छन् ।

नेताहरूले संविधानसभाबाट जारी भएको संविधान विश्वकै उत्कृष्ट भएको दाबी गर्ने गरेका छन् तर कार्यान्वयनमा भने पर्याप्त चासो देखाएका छैनन् । बरु उनीहरू एकअर्काप्रति आरोप–प्रत्यारोपमै व्यस्त रहने गरेका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal