काठमाडौं -आइतबार देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १ सय ५९ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा १ हजार १७३ जना कोरोनाबाट निको भएका छन्। मन्त्रालयका अनुसार हालसम्म ३८ हजार ६९७ जना कोरोनाबाट निको भएका छन्।

