eNepal

मुस्ताङको सार्है मीठो अर्गानिक आलुको माग काठमाडौमा अत्यधिक बढ्यो

मुस्ताङ– मुस्ताङबाट यस वर्ष दुई हजार २०० मेट्रिक टन आलु निकासी भएको छ । अनुकूल मौसमका कारण गत वर्षभन्दा यस वर्ष करिब चार प्रतिशतले आलु उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।

चालु आर्थिक वर्षको सिजनमा जिल्लाभर तीन हजार ६५४ मेट्रिक टन आलु उत्पादन भएकामा दुई हजार २०० मेट्रिक टन आलु निकासी भएको कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए ।

जिल्लाका किसानले व्यापारीलाई आलु प्रतिकिलो ४० रुपैयाँमा बिक्री गर्दै आएका छन् । यहाँ उत्पादित आलु सबैभन्दा बढी पोखरामा निर्यात हुने किसानले बताएका छन् । अहिले काठमाडौमा सम्म पुर्याएको छ । काठमाडौमा यहाँको आलुको अत्यधिक माग भइरहेको छ ।

‘पोखराका व्यापारीले अग्रिम रुपमा किसानलाई पैसा बुझाएका हुन्छन् ।’ गुरुङले भने, ‘आलु खन्नेबित्तिकै सिधै पोखरा लैजान्छन् ।’ अहिले काठमाडौं पुर्याइएको छ ,काठमाडौमा पनि अत्यधिक माग भएको उहाले बताउनु भयो।

उच्च हिमाली क्षेत्रमा उत्पादन हुने आलु तुलनात्मक रुपमा स्वादिलो हुने भएकाले मुस्ताङको आलुको माग बढेको छ । जिल्लाका १६ वटै गाविसमा आलु उत्पादन हुने भए पनि तल्लो क्षेत्रका लेते, कोवाङ, टुकुचे, मार्फा र जोमसोम गाविसमा तुलनात्मक रुपमा बढी उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

गत आवमा जिल्लामा तीन हजार ५०० मेट्रिक टन आलु उत्पादन भएको थियो । उत्पादन बढाउन किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिएको बताइएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal