eNepal

सिन्धुपाल्चोकको बाह्रविसेमा पहिरो जादा ९ घर पुरिए , २५ जना बेपत्ता

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका गएराती गएको पहिरोले कम्तीमा ९ वटा घर पुरिएका छन् । बाह्रविसे नगरपालिका वडा नं ७ को बिर्खमा गएको पहिरोमा परी ९ बटा घर पुरिएको बाह्रविसे नगरपालिकाका नगरप्रमुख निमफुन्जो शेर्पाले बताए । ‘म एक टोली सहित घटनास्थल जाँदैछु, पहिरोले नागपुजेका कम्तिमा ९ घर पुरिएको सूचना आएको छ, जुमखर्कमा पहिरो गएको जानकारी छ त्यताको क्षतिबारे भने खबर छैन,’ मेयर शेर्पाले भने,’कम्तिमा २० २५ जना मानिस बेपत्ता भएको भन्ने अनुमान गरिएको खबर प्राप्त भएको छ।’ यस्तै, सभामुख अग्निप्रसाद सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले स्थानीय शिक्षक बजीर भण्डारीलाई उद्धृत गर्दै बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको भन्दै सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal