eNepal

उधमशिलताको यथार्थ परिभाषा के हो ? जानिराखौ

अहिले म उद्यम गर्छु वा म उद्यमी हुँ भन्नु एउटा गर्वको विषय बनेको छ । तर कुनै समय उद्यमी भन्ने शब्दले ठगको पर्यायवाची शब्दलाई जनाउँथ्यो भन्ने धेरैलाई जानकारी नभएको हुन सक्छ । यसको विषयमा एउटा चाखलाग्दो इतिहास छ । अर्थशास्त्री मार्क थोरन्टनले आफ्ना पुस्तकहरूमा उद्यमी शब्द मूल रूपमा सरकारी ठेकेदारहरूको लागि मात्र प्रयोग गर्ने गरिएको बताउँछन् । यी सामान्यतया व्यापारीहरू थिए जसले सरकारको लागि काम गर्ने गर्थे । उनीहरूले सरकारी ठेक्काहरू असीमित लागतमा कबोल गर्ने गर्थे ।

यी व्यवसायीहरूले कबोल गरेकोभन्दा सस्ता सामग्री प्रयोग गरेर नाफा बढाउने गर्दथे । अहिलेको बुझिने भाषामा भन्दा अहिलेका ठेकेदारले जस्तै काम त्यतिबेला उद्यमीहरुले गर्ने गर्थे ।

अर्को शब्दमा, तिनीहरूले व्यक्तिगत लाभको लागि कमसल सामानको प्रयोग गर्ने भएकोले सो समयसम्म उद्यमीहरूलाई ठगहरूको रूपमा चिनिन्थ्यो । त्यतिबेलाको उद्यम आदरको लागि लायक पनि थिएन भन्ने कतिपय अर्थशास्त्रीयहरूको मत छ ।

शब्दको अर्थका साथसाथै १७३० को दशकमा यो धारणा मौलिक रूपमा परिवर्तन भयो । थोरन्टनको अनुसन्धान अनुसार सोही समयमा नै शब्दको अर्थ उल्टिएको हो । सीमित राजस्वबाट असीमित ठगी गर्ने कामलाई एकै व्यक्तिले कम गरेका थिए । ती व्यक्ति हुन् रिचार्ड क्यान्टिलन । उनकै पालादेखि नै उद्यमशीलता भन्ने शब्दले समेत सकारात्मक अर्थ बोक्न थालेको थियो ।

क्यान्टिलन एक बैंकर थिए, जसले मिसिसिपी कम्पनीबाटै अर्थशास्त्रको बारेमा राम्रोसँग बुझ्ने मौका पाएका थिए । त्यो व्यावसायिक अनुभवले क्यान्टिलनलाई बजार अर्थतन्त्रको औपचारिक बुझाइमा विकास गर्न मद्दत पु¥यायो र उनले एसाइ सुर ला नेचर डु कमर्स एन गेनरल नामक पुस्तकमा आफ्ना विचारहरू विस्तारपूर्वक वर्णन गरे । यो मरणोत्तर र अज्ञात रूपमा १७५५ मा प्रकाशित भएको थियो ।

पुस्तक महत्वपूर्ण छ किनकि क्यान्टिलनले नै पश्चिमा मुलुकहरूमा उद्यमशीलताको सिद्धान्त विकास गरेका थिए । पछि क्रिस ब्राउन र थोरन्टनको एक रिसर्चले क्यान्टिलनको सिद्धान्तमा उद्यमीको आलोचनात्मक भूमिकालाई उत्पादन, विकास र परिवर्तनको संवाहकको रूपमा चित्रण गरेका छन् ।

क्यान्टिलनको उद्यमशीलताको सिद्धान्तले शब्दको एक नयाँ अर्थ स्थापित ग¥यो। उनको पुस्तकको पाण्डुलिपिहरूको प्रभाव जसले यसलाई प्रकाशित गर्नभन्दा पहिले चौथाई शताब्दीसम्म व्यापक रूपमा प्रसारित थियो । उनकै कारण जनताको दिमागमा समेत सो शब्दको अर्थ परिवर्तन भयो । साथै, उद्यमीको भूमिकालाई विद्वानहरूको ध्यानमा पुर्यायो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal