eNepal

ब्यबस्थित लोकल कुखुरा कसरी पालन गर्ने जानकारीका लागी एकपटक अध्यन गर्नुहोस

लोकल कुखुरा पालन गर्दा निम्न कुराहरु ख्याल राख्नु पर्छ। मासु र अन्डा दुबै प्रयोजन को लागि पालिने लोकल कुखुरा ब्यवस्थित रुप मा पाल्न  सके राम्रो मुनुफा लिन सकिन्छ।  ब्यवस्थित ढंगले लोकल कुखुरा पालन गरेर ग्रामिण स्तरमा राम्रो आम्दानी भै राखेको प्रशस्त उदाहरणहरु छन् ।

अचम्म लाग्न सक्छ कि ब्यवस्थित ढंगले लोकल कुखुरा पाल्ने हो भने एउटा लोकल माउ कुखुराबाट वर्षमा करीव २५००० रुपैया सम्म आम्दानी लिन सकिन्छ । ब्यवस्थित ढंगले लोकल कुखुरा पालीएमा एउटा लोकल कुखुराले वर्षमा ४ छिमल सम्म अण्डा दिन्छ र प्रत्येक छिमलमा १८ देखि २० वटा सम्म अण्डा पार्छ । त्यस मध्ये १४ देखि १६ वटासम्म चल्ला कोरल्छ । कोरलेको ८० प्रतिशतको हिसावले ११ देखि १३ वटा सम्म चल्ला जिउंदो रही वेच्न योग्य हुन्छ । यस हिसावले एक लोकल माउ कुखुराबाट वर्षमा ४४ वोटा सम्म कुखुरा वेच्न सकिन्छ  । तत्कालको वजार मुल्य हेर्ने हो भने औषतमा ४४ कुखुरा वेचेर रु. २५००० सम्म आम्दानी लिन सकिन्छ । यसको मतलब यदि हामीले ४ वोटा माउ लोकल कुखुरा ब्यवस्थित तवरले पाल्न सकियो भने १ वर्षमा एक लाख रुपैयासम्म कमाउन सकिन्छ । तर नेपालको ग्रामिण स्तरमा धेरैजसोले परम्परागत र अब्यवस्थित तरीकाले लोकल कुखुरा पाली रहेका छन् । जस्ले गर्दा याहां औल्याईएजस्तो आम्दानी भएको देखिदैन । यस्को मुख्य कारण कृषकहरुमा ब्यवस्थित तरीकाले कुखुरा पाल्ने जानकारी नहुनु हो । नेपालमा  पाइने लोकल कुखुराहरु: १. साकिनी२. घाटी खुइले३. धुम्से (प्वाख उल्टे )साधारण तया लोकल कुखुरा लाई गर्नु पर्ने हेरचाह: १. कुखुराको खोरको वनावटमा सुधार गरौ । सुली दिन दिनै सफा गरी सफा र ओभानो राखौं । कुखुरालाई लामखुट्टे झिंगा र भुसुनाबाट वचाउनका लागि खाली खोरमा निम, तुलसी र सुर्तीको पातको धुंवा दिऊं । २. कुखुरालाई २४ सै घण्टा सफा भांडामा सफा पिउने पानीको ब्यवस्था गरौं । रोगको रोगथामको लागि पिउने पानीमा थोरै वेसार अथवा पोटास मिलाउं । ३. जाडो र वर्षादको समयमा कुखुराको खानामा लसुन मिसाउं । गर्मीको समयमा खानामा मसिनो गरी प्याज काटेर मिसाऊं । ४. लोकल कुखुरालाई निम्न किसिमको खानाको उपलब्धता गराऔं ।  टुक्राईएको मकै, चामलको कनिका, गहुंको चोकर, कोदो ईत्यादि (शक्तिको लागि) ।  किरा, फट्याéग्रा, लार्भा (बृद्धिको लागि) ।  हरियो घांसपाल जस्तै वदामे घांस, सागपात, मसिना ढुंगा तथा हड्डीका टुक्राहरु, शंखे किराका खपडाहरु (पाचन प्रणालीमा सुधार तथा रोग संग लड्न सक्ने क्षमता विकासका लागि) ५. प्रत्येक ४, ४ महिनामा कुखुरालाई आन्तरिक परजिवी (जुका) विरुद्ध औषधि खुवाऔं । ६. जुकाको औषधि खुवाएको १ हप्ता पछि मात्र कुखुराको रानीखेत र विफर रोग विरुद्ध खोप लगाऊं । 7. रानीखेत रोगबाट कुखुरा तथा अन्य घरपालुवा पंक्षीहरुलाई वचाउनका लागि प्रत्येक तिन तिन महिनामा एक हप्ता भन्दा माथि उमेर पुगेका सबै कुखुरालाई एक थोपा खोप आंखामा रांखौं ।(लेखक पशु सेवा कार्यालय, बागलुङका बरिष्ठ पशु विकास अधिकृत हुनुहुन्छ )

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal