eNepal

असोज एक गतेबाट आन्तरिक हवाई सेवा खोल्ने पर्यटन मन्त्रालयको प्रस्ताव

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रसँग सम्बन्धित चार प्रस्ताव सीसीएमसीमा पठाएको छ । मन्त्रालयले आन्तरिक हवाई सेवा खोल्नेदेखि विदेशी पर्यटकलाई नरोक्नेसम्मका प्रस्ताव पठाएको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईले आगामी असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्ने प्रस्ताव गरिएको बताए । “मन्त्रालयले असोज १ देखि नै आन्तरिक हवाई सेवा खुला गर्न प्रस्ताव गरेको छ । १ गते नै भएन भने पनि असोज १५ गतेदेखि खुला हुन्छ,” उनले भने । कोरोना संक्रमण कम भएका हिमाली एवं पहाडी क्षेत्रबाट आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न प्रस्ताव गरिएको उनले बताए ।

यस्तै विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्न पनि प्रस्ताव गरिएको छ । तर, विदेशी पर्यटक नेपाल आउँदा कोरोना परिक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ । मन्त्रालयले हिमाल आरोहण र पदयात्रालाई खुला गर्न अन्तर्राष्ट्रियतर्फको नियमित हवाई उडान संख्या थप्‍न पनि सीसीएमसीमा प्रस्ताव लगेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal