eNepal

कृषकलाई प्रोत्साहन रकम वितरण

दमौली – तनहुँको ऋषिङ गाउँपालिकाले कृषकलाई कृषिमा प्रोत्साहित गर्न प्रोत्साहन रकम वितरण गरेको छ । कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत गाउँपालिकाले वडा नं ८ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार उक्त वडाका दुई जना बाख्रापालकलाई जनही रु १३ हजार, बङ्गुरपालकलाई जनही रु ११ हजार, एक जना माछापालकलाई रु पाँच हजार र एक जना कुखुरापालकलाई रु पाँच हजारका दरले रकम वितरण गरिएको छ ।

“कृषि क्षेत्रमा राम्रो काम गर्ने कृषकलाई पुरस्कृत गर्न प्रोत्साहन रकम वितरण गरेका हौँ”, उनले भने, “यसले कृषकलाई कृषितर्फ प्रोत्साहन गर्ने गाउँपालिकाको विश्वास छ ।” गाउँपालिकाले सबै वडाका उत्कृष्ट कृषकलाई प्रोत्साहन रकम वितरण गर्ने तयारी गरेको छ । बाँकी सात वडाका कृषकलाई पनि प्रोत्साहन रकम वितरण गरिनेछ । “कार्यविधिअनुसार सबै वडामा कृषि पेशामा अब्बल कृषक छनोट गरेर प्रोत्साहन रकम वितरण गर्न लागेका हौँ”, उनले भने ।

प्रशासकीय अधिकृत पौडेलका अनुसार यो कार्यक्रम गत आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रम हो । कोभिड–१९ को प्रभावका कारण ढिला गरी कृषकलाई रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस अगाडि आठवटै वडाका २०÷२० कृषकलाई जनही रु २० हजारका दरले अनुदान रकम वितरण गरिसकेको छ । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकालाई कृषिमा समृद्ध बनाउने लक्ष्य राखिएको र कृषकलाई सहयोग गर्ने कुरामा गाउँपालिका सदैव प्रतिबद्ध रहेको जानकारी दिए । “कृषकलाई कृषि पेशातर्फ आकर्षित गराउन गाउँपालिकाले अनुदानको व्यवस्था गरेको छ, यसले गाउँपालिकालाई पनि कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्छ”, उनले भने ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले म्याग्दे गाउँपालिका–७ हर्कपुर निवासी हर्कबहादुर राना मगरको परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । क्यान्सर रोगबाट निधन भएका उनका परिवारलाई इन्स्योरेन्स लिमिटेडले रु २० लाख दाबी भुक्तानी गरेको हो ।

उक्त रकम इन्स्योरेन्स लिमिटेडका दमौली शाखा प्रबन्धक जगदीश काफ्लेले स्वरानाका श्रीमती दमन्ता रानामगरलाई हस्तान्तरण गरे । हर्कबहादुरले कम्पनीको काठमाडौँ शाखाबाट दुई वर्ष वैदेशिक रोजगार बीमा गरेका थिए । कागजपत्र पेश गरेको २७ दिनमा कम्पनीले मृतकका परिवारलाई दाबी भुक्तानी दिएको काफ्लेले जानकारी दिए ।

“काठमाडौँ गएर भुक्तानी लिन अहिलेको परिस्थितिमा सम्भव नभएकाले सबै कागजपत्र मिलाएर घरमै पुगेर रकम हस्तान्तरण गरेका हाँै”, उनले भने । उनका अनुसार उक्त रकममध्ये रु १३ लाख कम्पनीको तर्फबाट र रु सात लाख वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत प्रदान गरिएको हो । मृतककी श्रीमती दमन्ताले बीमा साँच्चिकै आर्थिक सुरक्षा दिने छाता रहेको प्रत्याभूति भएको बताइन् । सोही क्रममा उनले रु तीन लाख प्रिमियम एकमुष्ट भुक्तानी गरेर रु चार लाख ५२ हजार बीमाङ्कको बीमा गरेकी छन् । रासस

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal