eNepal

मलेसियाको उच्च अदालतले एक नेपालीलाई मृत्युदण्ड दिने फैसाला गर्यो

काठमाडौँ — मलेसियाको उच्च अदालतले मलेसियन नागरिकको हत्यामा दोषी ठहर गर्दै गोविन्दपुर, धनुषाका ३६ वर्षीय सुरजदेव शाहतेलीलाई मृत्युदण्ड दिने फैसला गरेको छ ।

तेलीले मलेसियाको कम्पुङस्थित मुतियार बाटु–१० का ३४ वर्षीय आर. हारिधासलाई घरमै हत्या गरेको ठहर गर्दै उच्च अदालतले अगस्ट१७ तारिखमा मृत्युदण्डको फैसला गरेको हो । नेपाली दूतावासले भने तेलीको जीवन रक्षाको लागि पुत्राजयस्थित पुनरावेदनअदालतलमा पुनरावेदन गरिसकेको छ ।

हारिधासको २ डिसेम्बर २०१६ को बिहान साढे २ बजे हत्या भएको थियो । उनी लरी ट्रकका डाइभर थिए । तेली हारिधासकी श्रीमतीकाप्रेमी थिए । प्रहरीले श्रीमतीलाई नै हत्याको साक्षीको रुपमा अदालतमा पेस गरेका थिए ।

सन् २००६ मा मलेसिया पुगेका तेली ओयल पाम फ्याक्ट्रीमा सामान्य श्रमिकको रुपमा काम गर्थे । तेली मलेसिया भाषामा दख्खलराख्छन् ।

मलेसियामा यसअघि पनि विभिन्न मितिमा ६ जना नेपालीलाई मृत्युदण्डको फैसला सुनाइसकेको छ । जसमा दोलखाका कुमार तामाङ, सुरजकुमार सुनार, उदयपुरका कमल तामाङ, पंकज लिम्बु, सप्तरीका राजकुमार शाह र सुनसरीका सुजन दाहाललाई मृत्युदण्डकोफैसला सुनाएको थियो । उनीहरुको जीवन प्रतिरक्षाको लागि नेपाली दूतावासले पुनरावेदन अदालतमा पुनरावेदन गरेको छ ।ईकान्तिपुर

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal