eNepal

कबिता: परदेशीको पीडा

परदेशमा आफनै मुटु, दुखाएर बसेको छु
धेरै व्यथा आफैसँग, लुकाएर बसेको छु।।

रात दिन घोटिएर कामकाज गर्दा खेरी
भोक प्यासले आफ्नै शरिर, सुकाएर बसेको छु॥

सबै सोच्छन् बिदेशमा पैसा फल्ने बोट हुन्छ
कसलाई भनौ स्वाभीमान झुकाएर बसेको छु॥

जिन्दगी बित्यो मेरो ऋणैऋणमा डुब्दा डुब्दै

यति बेला त्यही ऋणलाई चुकाएर बसेको छु॥

घर भित्र कुकुर पनि, अति बलियो भए जस्तै
झमटेका छन् सधैँ भरी, धुकायेर बसेको छु।।

याद आउँछ घरको मलाई सधै सधै दिनै जसो।
ऋणको बोझले बिदेशमा, लाचार भएर बसेको छु॥

मित्र बराल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal