eNepal

चिनको जनमुक्ति सेनाले करिब ५ जना भारतियलाई बन्दी बनाएर लिएर गए


एजेन्सी- चीनको जनमुक्ति सेनाले भारतको अरुणाचल प्रदेशबाट ५ जना भारतीय युवकहरुलाई बन्दी बनाएर लिएर गएको समाचारसार्वजनिक भएको छ । रिपोर्टअनुसार चीनको सेनाले अन्य २ जनालाई पनि लैजान चाहेका थिए तर उनीहरु बच्न सफल भएका छन् ।भारत चीन सीमा क्षेत्रको सुबानसिरी जिल्लाको नाछो क्षेत्रका युवालाई अपहरण गरिएको दावी गरिएको छ । यहाँका गाउँलेहरु आजभारतीय सेनाका अधिकारीलाई भेट्न जान लागेको बताइएको छ ।

अरुणाचल प्रदेशका सांसद निनंग एरिंगले ट्जीटरमा अपरणमा परेका युवाहरुको नामसमेत उल्लेख गरेका छन् । एरिंगले लेखेका छन्‘चीनका सैनिकले नाछो क्षेत्रमा बस्ने ५ जना युवाहरुलाई अपहरण गरेका छन् । घटना यस्तो बेलामा भएको छ जब रक्षा मन्त्री राजनाथसिंहले रुस र चीनका रक्षा मन्त्रीसँग भेटवार्ता गरिरहेका छन् । पीएलएको यो कार्यले निकै गलत सन्देश जानेछ । चीनलाई उपयुक्तजवाफ दिइनै पर्छ ।’

रिपोर्टका अनुसार अपहरण गरिएका पाँचै जना युवा तागिन समुदायका हुन् ।चिनियाँ सैनिकले नाछो क्षेत्रको जंगलबाट उनीहरुलाईउठाएर लिएर गएका थिए । घटनाको जानकारी उनीहरुका एक आफन्तमार्फत सार्वजनिक भएको हो । आश्चर्यको कुरा गउँलेहरुले योघटनाबारे भारतीय सेनालाई कुनै जानकारी दिएका थिएनन् । केही मानिसहरुले शनिबार आफूहरुले भारतीय सेनालाई यसको जानकारीदिन जान लागेको बताएका छन् 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal