eNepal

कोभिड विरुद्धको भ्याक्सिन अर्को बर्षको मघ्यपछि मात्र बजारमा उपलब्ध हुने -विश्व स्वास्थ्थ संगठन


विश्व स्वास्थ्य संगठनले कोभिड-१९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्नेबताएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामीवर्षको मध्यसम्म लाग्नसक्ने बताउनुभएको हो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले पत्रकार सम्मेलनका क्रममा जानकारी दिनुभएको बताइएको छ । उहाँलेसो पत्रकार सम्मेलनका क्रममा भन्नुभएको थियो- “मलाई लाग्छ यो खोप बजारमा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ कोमध्यपछि मात्र सम्भव हुनसक्छ ।”

त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सक्ने देखिएको भन्दै उहाँले त्यसपछि विभिन्नदेशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताउनुभयो । उहाँले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेकोट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताउनुभयो ।

त्यस ट्रायलको परीणाम यसै वर्षको अन्त्यसम्ममा या आगामी वर्षको शुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया शुरु हुनेजानकारी पनि प्रमुख वैज्ञानिकले दिनुभयो ।-एजेन्सी

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal