eNepal

चितवनमा निषेधाज्ञा भदौ ३१ सम्मका लागि लम्बियो

चितवन -चितवनमा निषेधाज्ञा भदौ ३१ सम्मका लागि लम्बिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो।
अब जिल्लामा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल सञ्चालन गर्न पाइने छ।

कोरोना संक्रमण बढ्दै गइएकाले निषेधाज्ञाको अवधि थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।
भरतपुर महानगरपालिकामा साउन ३१ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो।

पछि प्रशनसनले जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो। चितवनमा कोरोना संक्रमितको संख्या ९३३ पुगेको छ।
भरतपुर महानगरमा मात्रै ५९४ जनामा संक्रमण पुष्टि भएको छ। १२ जना संक्रमितको मृत्यु भइसकेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal