eNepal

नेकपाले राष्ट्रियसभाको रिक्त पदमा उपाध्यक्ष बामदेव गौतमलाई नियुक्त गर्ने

काठमाडाैं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाको रिक्त पदमा उपाध्यक्ष बामदेव गौतमलाई नियुक्त गर्ने भएको छ। बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णयलाई कार्यान्वयनमा लैजाने भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। “उपाध्यक्ष गौतमलाई राष्ट्रपतिबाट मनोनितका लागि सरकारका तर्फबाट सिफारिस गरिने छ,’ ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने। राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई नियुक्त गर्ने वा उपाध्यक्ष गौतमलाई भन्ने मतभेद रहेको थियो। सचिवालयका बहुमत सदस्यले पार्टीको निर्णय कार्यान्वयन गर्न ओलीलाई दबाब दिएपछि गौतमलाई मनोनयनका लागि सिफारिस गर्ने निर्णयमा ओली पुगेका हुन्। गत फागुन १४ गते बसेको नेकपा सचिवालयको बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। तर ६ महिनासम्म पनि उनको मनोनयनको सिफारिस सरकारबाट हुन सकेको थिएन।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal