eNepal

शेयर बजारमा उछाल ,एकैदिन ४ अर्ब भन्दा माथी कारोबार

काठमाडौं -बुधबारको सेयर बजारमा उछाल छाएको छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ ।

बजारमा एकैदिन ४ अर्ब १८ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १ सय ८६ कम्पनीको ९६ लाख ८६ हजार ९ कित्ता सेयर किनबेच भएको हो ।

जसमध्ये सबैभन्दा बढी कारोबार गर्नेमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको एकैदिन ६७ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९ सय १ रुपैयाँ रहेको छ ।

त्यस्तै, कारोबार रकम जस्तै नेप्से परिसूचकमा पनि निरन्तर सुधार आएको छ । बुधबारको नेप्से परिसूचक २५.५८ अंकले बढेर १५१०.५७ अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.७२ प्रतिशतले बढेको हो । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.२५ अंकले बढेर ३०४.६० अंकमा पुगेको छ ।

परिसूचक र कारोबार रकम दुबैमा वृद्धि हुनुले उपत्यकामा जारी भएको निषेधाज्ञाको असर धितोपत्र बजारमा परेको देखिएन । यसअवधिमा अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै सेयर कारोबार गरेका छन् ।

बजारमा हाइड्रोपावर समूह सबैभन्दा बढी अंकले बढेको छ । अघिल्लो कारोबारको तुलनामा हाइड्रो समूह ९४ अंकले बढेर एक हजार एक सय ७ अंकमा पुगेको छ । सो दिन कारोबारमा आएका मध्ये जीवन बीमा र निर्जीवन बीमा समूह राताम्मे भएका छन् भने बाँकी समूह बढेर हरिया देखिएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal