eNepal

आज राष्ट्रिय पुस्तकालय दिवस

काठमाडौं -आज भदौ १५ अर्थात राष्ट्रिय पुस्तकालय दिवस। हरेक बर्ष भदौ १५ गतेका दिन नेपालमा राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ। नेपालमा औपचारिक रूपमा वि.सं. १८६९भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरिन्छ। पुस्तकालयका क्षेत्रमा भएका गतिविधिहरू एवम् पुस्तकालयको आवश्यकता बारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा वि.सं.२०६५ देखि भाद्र १५ लाई “पुस्तकालय दिवस” को रूपमा मनाउन सुरू गरिएको हो। यस अर्थमा नेपालमा संस्थागत रूपमा पुस्तकालयस्थापना भएको २०० वर्ष भन्दा लामो इतिहास पूरा भएको छ र पुस्तकालय दिवस आठौंवर्षमा प्रवेश गरेको छ। जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो। पुस्तकालय दिवस ज्ञानको ज्योति छर्ने दिनको रुपमा लिइन्छ। यसलाई केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखक लगायत आम नागरिकहरूले आदरपूर्वक सम्झनेदिनका रूपमा स्थापित गराउनुपर्छ। पुस्तकालय ज्ञानको भण्डार पनि हो। पुस्तकालयबाट हामी हरेक किसिमको ज्ञान पाउन सक्छौ। त्यसैले पनि यो दिवसको महत्व बढेको छ। पढाई मान्छेको जीबनमा एउटा यस्तो कुरा हो जसले जीबन परिबर्तन गर्न सहयोग गर्दछ। किताब बिनाको जीबन निरर्थक हुन्छ र जीवनको कुनै महत्व हुदैन। किताब बिनाको जीबनले ढुंगेयुगको स्मरण गराउछ। आज समाजमा जति पनि विकास भएको छ, चाहे त्यो सामाजिक होस्, चाहे सास्कृतिक होस्, चाहे प्राबिधिक होस्, हरेक परिबर्तनमा पुस्तकको ठुलो हात छ। हाम्रो समाजमा अझै पनि धेरै व्यक्तिहरुले पुस्तकको अनुहार पनि देखेका छैनन्। यो दिवसको लक्ष्य पनि हरेक व्यक्तिको हातमा पुस्तक हुनु र त्यसको महत्व बुझाउनु हो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal