काठमाडौँ – नेपालमा कोरोना संक्रमणका कारण २४ घण्टायता १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ पुरुष र ३ महिलाको मृत्यु भएको हो । पर्सा र ललितपुरका दुई/दुई तथा सिरहा, गोरखा, कास्की काठमाडौँ र भक्तपुरका एक÷एक पुरुषको निधन भएको हो । यस्तै पाल्पा, काठमाडौँ र भक्तपुरका एक/एक महिलाको ज्यान गएको हो । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।
आज देशभर आठ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । ११ हजार पाँच सय १६ जनाको पीसीआर गर्दा दुई सय ४२ महिला र ६ सय ४२ पुरुष संक्रमित पाइएका हुन् । यीमध्ये काठमाडौँ उपत्यकाका एक सय ८६ जना रहेका छन् ।
काठमाडौँमा एक सय एक सय ५५, ललितपुरमा १९ र भक्तपुरका १२ जना संक्रमित भएका हुन् । आज तीनसय १५ जना डिस्चार्ज भएका छन् । देशभर १६ हजार पाँच सय ९० जना आइसोलेसनमा उपचाररत छन् ।
यसमध्ये होम आइसोलेसनमा ६ हजार चार सय ४५ र संस्थागत आइसोलेसनमा १० हजार एक सय ४५ रहेका छन् । आईसीयूमा एक सय ७५ र भेन्टिलेटरमा २२ जना छन् । मोरङ, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट सर्लाही र काठमाडौँमा पाँचसयभन्दा बढी संक्रमित रहेका छन् । यस्तै मुस्ताङ र हुम्ला संक्रमितमुक्त भएका छन् ।

