काठमाडौं -नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तेस्तै काठमाडौ उपत्यकामा २०० जना नयाँ संक्रमित थपिएका छन।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७०७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ। संक्रमितमध्ये १७ हजार ९६४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै २५९ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

