काठमाडौँ – उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि तीन वटै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले १० भदौसम्म निषेधाज्ञामा जाने निर्णय गरेको छ ।
संक्रमणको जोखिम बढे पनि भीडभाड गर्ने, भेला हुने, जुलुस गर्ने लगायतका क्रियाकलाप हुन थालेको भन्दै तीन वटै प्रशासन कार्यालयले केही आदेश जारी गरेको हो । निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक अन्य व्यवसाय बन्द हुनेछन् । यातायात पनि पूर्ण रुपमा बन्द हुने छ ।

