काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टीका अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ।
अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए।
तर उक्त कार्यदल सचिवायलबाट पारित हुनुपर्ने आवाज उठेपछि अध्यक्ष ओलीले बैठक डाकेका थिए।
उक्त कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
उक्त कार्यदलले विवाद समाधानका लागि तयार पार्ने प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र त्यसपछि बैठकमा आउने थापाले जानकारी दिए।

