काठमाडौँ – आज सोमबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । पछिल्लो समय देशका बिभिन्न स्थानमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि यसबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।
आजको बैठकमा आइतबार कोभिड १९ संकट व्यवस्थापन सेन्टरले गरेका विभिन्न सिफारिसमाथि छलफल हुने बताइएको छ । भदौ १ गतेदेखि अन्तर जिल्ला यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने भनिएको थियो ।
आइतबार सीसीएमसीको बैठकले देशका बिभिन्न स्थानमा कोरोनाको जोखिम बढ्दै गएको भन्दै अन्तर जिल्ला यातायात र हवाई सेवा खोल्ने निर्णय स्थगित गर्न सिफारिस गरेको छ।

