eNepal

कबिता: कहिले सम्म बिल्ला भिर्ने लम्पसारको

कहिले सम्म बिल्ला भिर्ने लम्पसारको
वास्तविकता कसले चिर्ने लम्पसारको

बिकास प्रक्रियालाई अन्यत्र पन्छाएर
सुबिधा वृद्धिले मन पिर्ने लम्पसारको

कानुनभन्दा कुर्शी शक्ति हाबी भएपछि
के भ्रष्टचारको साख गिर्ने लम्पसारको

नव-महाराजको सेवा सुबिधा मिलेपछि
जनहितमा के ध्यान छिर्ने लम्पसारको

आफ्नो भन्दा छिमेकि हित चाहनेलाई
कति दिन तलबभत्ता तिर्ने लम्पसारको

माधव अधिकारी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal