eNepal

सरकार सङ्ग सम्झौता भएपछि इनफ इज इनफ’ का अभियन्ताले अनशन तोडे

काठमाडौं – ‘इनफ इज इनफ’ का अभियन्ता ईःले अनशन तोड्ने भएका छन् ।

कोरोनाको सबल व्यवस्थापनको माग सम्बोधन हुने भएपछि आमरण अनशन बसेका ईःले अनशन तोड्ने भएका हुन् । उनी मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा उपचाररत छन् ।
स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ । शुक्रबार पनि केही बुँदामा सहमति जुटेको जनाइएको छ ।

ईः आमरण अनशन बसेको २३ दिनमा आज औपचारिक रुपमा सम्झौता हुने भएको छ । उनी अनशनमा बसेको २३ दिन पुगेको छ । अनशनको १७ औं दिनमा स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना भएका उनले अस्पतालबाट नै सत्याग्रहलाई निरन्तरता दिएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal