eNepal

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा आज राम मन्दिरको शिल्यानास

काठमाडौं -भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा आज(बुधबार) राम मन्दिरको शिल्यानास हुने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समय अनुसार आज दिउँसो एक बजे अयोध्यामा भगवान रामको मन्दिर शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा लिएर हिजै त्यसतर्फ प्रस्थान गरेको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर हिजै भारतको अयोध्या प्रस्थान गरेका छन् ।

महन्त दासले जनकपुरधामबाट चाँदीका पाँच वटा इँटा र जनकपुरधामको माटो प्रदान गरिने बताएका छन् ।

एक किलो चाँदी बराबर एउटा इँटा तयार पारिएको छ । भगवान रामको मन्दिर निर्माणका लागि हुने भूमिपूजामा सहभागी हुन महन्त दासलाई अयोध्याबाट निम्तो आएको थियो ।

दास नेतृत्वको टोली प्रशासनको अनुमति लिएर जटही नाकाबाट भारत प्रवेश गरेको हो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal