eNepal

कोरोना संक्रमण बढेपछि लकडाउने बारे बिज्ञसङ्ग परामर्शमा : प्रधानमन्त्री

काठमाडौं- काठमाडौ उपत्यका लगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्यविद्हरुसंग छलफल गर्दै छन् ।

आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपायबारे विज्ञहरुसँग छलफल गर्न लागेका हुन् । विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका बेला प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श गरेका थिए । सरकारले संक्रमण नियन्त्रणका सम्बन्धमा छिट्टै अर्को रणनीति बनाउने तयारी गरिरहेको छ ।

पछिल्लो समय प्रदेश २ का वीरगंज, धनुषा लगायत ठाउँमा संक्रमण बढिरहेको छ भने काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या धमाधम थपिदैं गएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal