eNepal

नेकपाभित्रको विवाद पदको लागि नभएर विधि र पद्धतिको लागी :अध्यक्ष प्रचण्ड

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्रको विवाद पदको लागि नभएर विधि र पद्धतिलाई स्थापित गर्नको लागि भएको बताएका छन् ।

पछिल्लो समय पार्टीमा भएका गतिविधिले धेरै चिन्ता उत्पन्न गरेको भन्दै के होला कसो होला भन्नेजस्तो भएको चिन्ता टिप्पणी गरे । कम्युनिष्ट नेता तुल्सिलाल अमात्यको २१ औं स्मृतिसभामा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

‘मैले संविधान बनाउने बेलामा पनि, निर्वाचन प्रक्रिया स्थानिय तहको गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन्, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेका थियौं,’ उनले भने ।

अध्यक्ष दाहालले पद प्राप्तिका लागि तंछाडमछाड गरेको जस्तो देखिएको भन्दै उनले भने,‘यो पदको छिनाझप्टि विल्कुलै होइन् ।’ उनले विधि पद्धतिको पालना कसरी गराउने भन्दै छलफल चलिरहेको बताए ।

उनले अगाडि थपे, ‘पार्टी एकता एउटा ठूलो उत्सवको रुपमा अघि बढेको र पार्टी एकतालाई अछिन्न राखेर अघि बढ्ने भन्ने हाम्रो चिन्ता हो ।’

नेपालमा कम्युनिष्ट एकता विश्व कम्युनिष्ट आन्दोलनका लागि एउटा मोडेल भए पनि पछिल्लो बहस र गतिविधिले चिन्ता बढिरहेको बताए । उनले नेकपा असामान्य पार्टी भएकोले आन्दोलन र देशलाई नै प्रभावित बनाउने टिप्पणी गरे ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal