eNepal

गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं – गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

माथिबाट खसेको पहिरोसहितको ढुंगाले घर पुरिँदा रूरूक्षेत्र ५ बम्घा आटीपाटाकी ३० वर्षीया बिना माझी (बोटे), उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार आमा र छोराछोरीसहित परिवारका चारै जनाको घटनास्थलमै मृत्यु भएको बताउनु भयो ।

बिनाका पति राजु माझी (बोटे) भने रोजगारीको सिलसिलामा भारतमा छन् । उद्धारका इलाका प्रहरी कार्यालय रिडी र जुहाङबाट प्रहरी टोली राति नै घटनास्थलमा पुगेको एसपी खड्काले जानकारी दिनु भयो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal