काठमाडौं -नारायणगढ-मुग्लिन सडकखण्डमा हलुका सवारी साधनको २५ भारी सवारी साधनको ५० रुपैयाँ उपभोग दस्तुर लिने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भौतक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय भएको बताएका हुन् ।
‘भौतक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा केही सडक आयोजनाको नियमित मर्मत सम्भार गर्नका लागि स्रोतको अभाव नहोस् भनेर सडक मर्मत सम्भार दस्तुर लिने चलन छ,’ उनले भने, ‘त्यसैअनुसार नारायणगढ मुग्लिन सडकखण्डमा हलुका सवारीका लागि २५ र भारी सवारीका लागि ५० रुपैयाँ सडक उपभोग दस्तुर लिन स्वीकृति दिने निर्णय भएको छ ।’

