काठमाडौं -नेपालबाट अष्ट्रेलिया पढ्न गएका विद्यार्थीहरूले मानवीय संवेदना प्रभावित भई केही समय अगाडि सीतापाइलामा एसिड आक्रमणमा परी उपचार गराइरहेकी पवित्रा कार्कीलाई २ लाख १० हजार १०० रुपैयाँ जम्मा गरी पठाएका छन् । परिवारको रोहवरमा बुधबार बिहान नवकान्तिपुर डटकमका सम्पादक एलपी पौड्यालले कीर्तिपुर अस्पताल पुगी पवित्रा कार्कीलाई उक्त रकम हस्तान्तरण गरे ।
रकम प्राप्त गरेपछि एसिडपीडित पवित्रा कार्कीले सहयोगी मनहरूलाई धन्यवाद प्रकट गरिन् भने परिवारका सदस्यहरूले यो रकमले आफूहरूलाई ठूलो राहत हुने भन्दै खुसी व्यक्त गरे ।
रकम कसरी जम्मा भयो ?
दुई वर्षअधि अध्ययनको सिलसिलामा अष्ट्रेलिया पुगेकी रेजिना गिरीले सामाजिक सञ्जालबाट सीतापाइलामा एकजना युवतीमाथि अमानवीय ढङ्गले एसिड प्रहार गरी घाइते बनाएको घटना थाहा पाइन् । पीडितलाई अस्पतालमा उपचार गराइरहेको जानकारी पाएपछि सर्वप्रथम उनले नेपाल सम्पर्क गरी पीडितको नाममा रहेको बैंक खातामा केही सहयोग रकम पठाइदिइन् ।
उनले गरेको सहयोग साथीहरूले थाहा पाएपछि अरूहरूले पनि मानवीय सहयोगमा रुचि देखाए । त्यसपछि रेजिनाले Fund for her नामक म्यासेञ्जर ग्रुप बनाई साथीहरूलाई एड गरिन् । ग्रुप बनाएपछि अनिशा तिवारी र प्रियङ्का खनालको सहयोगमा उक्त मानवीय कार्यमा रुचि राख्ने १०५ जना साथीहरूबाट स्वतःस्फूर्त रूपमा जम्मा भएको रकम पठाएकी हुन् ।
यस कार्यको अगुवाई गर्ने रेजिना गिरी रकम जम्मा गरी पठाएको विषयमा भन्छिन्– ‘यो कुनै परिमाण रकम मात्रको कुरा होइन, हामी युवाहरू जहाँ भए पनि यस्ता अपराधिक क्रियाकलापविरूद्ध ऐक्यबद्ध छौं भन्ने सन्देश दिनु र पीडितलाई हौसला दिनु पनि हो ।’ उनले अगाडि थपिन्– ‘मैले त सामान्य सुरुआत मात्र गरेकी थिएँ, साथीहरूको सहयोगले राम्रै रकम सहयोग गर्न सक्षम भयौं ।’
सहयोगी हातहरू:
रेजिना गिरी, प्रियङ्का खनाल, रोजिना दाहाल, प्रीति कुँवर, ऋतिका न्यौपाने, अदिति गिरी, ईश्वर खड्का, सन्ध्या गिरी, प्रतीक्षा प्रसाई, अनुप भूसाल, सदिक्षा न्यौपाने, अमृत सापकोटा, अर्जुन खरेल, कुसुम खड्का, अदिति मल्ल ठकुरी, अनिस श्रेष्ठ, सविता खरेल, प्रज्वल केसी, सविना लिम्बू, फैसल इक्बाल, मनोज बेलबासे, स्वेता श्रेष्ठ, आइष्का पन्त, मनीष रेग्मी, प्रतीक्षा सापकोटा, सुलभ गिरी, सिजुना खड्का, प्रियङ्का पराजुली, रेना तामाङ, नरेन्द्र श्रेष्ठ, रसिका वैद्य, अनिषा तिवारी, रोडिना श्रेष्ठ, रोजिना तिमल्सिना, अञ्जली दानी, सलिना गुरुङ, पूजा बिष्ट, क्रिष्टिना बस्नेत, प्रेक्षा स्वार, रोनिमा कार्की, रश्मि सापकोटा, उज्वल ढुङ्गाना, बाबा कन्सल्टेन्सी, सूरज ओली, निरुता अर्याल, श्रृजना बस्नेत, सन्देश श्रेष्ठ, आशिष बाँस्तोला, समीर खनाल, वसन्त कँडेल, मनीष सापकोटा, एलिज खत्री, कृतन श्रेष्ठ, दीपेश गिरी, दिव्या थापा मगर, भावना थापा, नितेश सिग्देल, आँचल अधिकारी खरेल, माद्दी खड्का, उषा खरेल अधिकारी, सन्तोष हुमागाई, प्रिया पराजुली, दीपक कार्की, सबनम सुवेदी, इन्दु भण्डारी, कृतिक भुसाल, सुदीप सापकोटा, पवन कँडेल, रीता केसी, श्रृजना सापकोटा, सुस्मिता सारू, नवीन सापकोटा, वर्षा श्रेष्ठ, शैलेस हमाल, विवेक बाँस्तोला, रोश्नि बिष्ट, सुशान्त उपाध्याय, विश्वास रानाभाट, समीर गिरी, सरोज न्यौपाने, निश्चल केसी, बबिता खत्री, गणेश पोख्रेल, रुपन पौडेल, जुना श्रेष्ठ, तृषा मगर, राजेश तिमल्सेना, पवन सापकोटा, किरण वाइबा, कृष्ण श्रेष्ठ, संगीता श्रेष्ठ, प्रशन्नजङ थापा, रीना गिरी, सोनु पुडासैनी, रचना बाँस्तोला, रञ्जिता अधिकारी, मदन, विष्णु कँडेल, मनीषा बस्नेत, निशा चौधरी, विष्णु कँडेल, पिङ्की खड्का, सविता ढकाल, निखिल श्रेष्ठ ।

