eNepal

बेवारिसे अबस्थामा प्राप्त भइन प्राप्तिका , संयोगले नाम जुर्यो प्राप्तिका

काठमाडौ -सोमबार साँझ काठमाडौं कपनको आकाशेधारा चौरमा खेल्दै गरेका बच्चाहरूले एउटी नवजात शिशुलाई बेवारिसे अवस्थामा देखे । अनि तेसि समुहका बच्चा हरुले माया स्नेहका साथ बच्चालाई घरमा लैजाने र नाम प्राप्तिका राख्ने एक जना बालिका भनिन् जुन बोलेको कुरा भिडियो भाइरल भएको छ । ती बालिकाले बोलेको आधारमा अहिले उनको नाम प्राप्तिका राखिएको छ ।

बालबालिकाले नजिकै रहेको केयर चाइल्ड अर्फानेज र बाहिरका समेत बच्चाहरूले खेल्दै गर्दा भेटेको नवजात शिशुको बारेमा अर्फानेजकी सञ्चालिका पुष्पा अधिकारीलाई खबर गरे ।

कार्टुनको बाकसमा रहेकी ती शिशु देख्दा ४/५ दिनकी जस्ती देखिन्थिन् । बच्चाको स्वास्थ्य अवस्था सामान्य थियो ।
५ वर्षदेखि ११ वर्षसम्मका १५ जना बालबालिकालाई साहारा दिइरहेकी अधिकारी नयाँ बच्चा भेटिएको सुन्नासाथ सोही चौरमा पुगिन् । ‘साँझ त्यस्तै ६ बजेको थियो होला । दुईजना बच्चाहरू कराउँदै आए । चौरमा गएर हेर्दा त एउटा जीवित बच्चा छाडिएको रहेछ । मेरै जिम्मामा त्यो शिशुलाई बाल गृहमा सुरक्षित राखिएको छ ।’ अधिकारीले भनिन् ।

अधिकारीका अनुसार अहिलेसम्म बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । बच्चाको तौल नापिएको छैन । बाँकी स्वास्थ्यको अवस्थाबारे भोलि(बुधबार) अस्पताल लैजाने तयारी भएको अधिकारीले बताइन् ।

अहिले देश बिदेशमा भिडियो लगायत समाचार भाइरल भएको छ । संयोग त के छ भने तेहा ती बालिकालाई देखेकी एक जना बच्चाले घरमा लैजाने र नाम प्राप्तिका राख्ने भन्ने पहिलो वाक्यमै आएको हुँदा अहिले उनी प्राप्तिका नामले भाइरल भएकी छिन।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal