eNepal

महासंघ पदाधिकारीहरुले हतारमा निर्णय गरेर साधारणसभा अनिश्चित भयो : चन्द ढकाल समुह

काठमाडौं -नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले महासंघ पदाधिकारीको बैठकले हतारमा निर्णय गरेर महासंघको साधारण सभा अनिश्चितकालका लागि धकेलेको बताएका छन् ।
बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गते गर्ने भनिएको महासंघको साधारण सभा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

पदाधिकारी बैठकबाट भएको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै ढकाल समूहले शुक्रबार पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो । महासंघका पदाधिकारीहरुलाई बैठकमा उपस्थित हुने समयसम्म नदिएर १२ घण्टा अगाडि सूचना जारी गरी बैठक बोलाएर कार्यसमितको अधिकारलाई कुल्चने काम भएको समेत ढकालको भनाई छ।

साउन २६ र २७ गतेको साधारण सभा गर्न सरकारसँग सहजीकरणका लागि अनुरोध गरिरहेका बेला सरकारको निर्णय समेत नकुरेर हतार हतारमा निर्णय गरिएकोप्रति ढकालले गम्भीर आपत्ति जनाएका हुन् । उनले उद्योग वाणिज्य महासंघको विधान अनुसार साधारण सभा हुनुपर्छ भनिरहँदा पदाधिकारी बैठकबाट कार्यसमिति सदस्यको अधिकार हनन् गरी निर्णय गर्ने काम भएको आरोप समेत लगाए ।

ढकालले लकडाउन कै बीचमा सरकारले केन्द्रदेखि प्रदेशसम्मको संसद अधिवेशन गरेको अवस्थामा स्वास्थ्यसम्बन्धी पोर्टकलहरु पूरा गरेर महासंघको साधारण सभा गर्न सक्ने अवस्था हुँदाहुँदै पनि निर्वाचन धकेल्ने काम गरिएको बताए । “मलाई अर्को चैतमा चुनाव सारे पनि कुनै फरक पर्दैन तर विधान र विधि अनुसार अगाडि बढाउनुपर्छ मात्र भनेको हो । पदमा पुग्न हतार भयो भनेर गलत प्रचार गरियो यसप्रति आपत्ति छ,” ढकालले भने ।

पत्रकार सम्मेलनमा महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकार तथा जिल्ला नगरका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal