काठमाडौं -केही बर्ष अगाडिको कुरा हो यस्तै बर्षायामको समय थियो । त्यो बेला काठमाडौं उपत्यका लगायत देशभर भीषण बर्षा भएको थियो। त्यो दिन बौद्ध स्थिति महेन्द्र फुलवारी स्कुलमा पढ्ने एक विद्यार्थी बिश्वसम्पदा सुचिमा परेको बौद्धनाथको बाटो हुँदै बिधालय बिदा भएर घर जाँदै थिइन् । तेहि बेला एक जना अपांग मानिसलाई पानीको भेल बगाउन थालेको अबस्थामा उनले उद्दार गरेकी थिइन् । यो तस्वीर त्यो बेला सामाजिक संजालमा निक्कै भाइरल र ती बिद्यार्थी छात्राको प्रशंसा भएको थियोे ।

