eNepal

भदौ १ गतेबाट लामो दुरीको यातायात सेवा सन्चालनमा आउने

काठमाडौं -नेपाल सरकारले भदौबाट सबै प्रकारका यातायात सेवा सञ्चालन गर्न दिने निर्णय गरेको छ।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकारका प्रवक्ता युवराज खतिवडाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरी भदौ १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए।

गत चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात सरकारले असार २६ गतेदेखि छोटो दूरीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

त्यस्तै, यातायात व्यवसायी तथा मजदूरहरूले साउन ८ देखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरिसकेका छन्।

सरकारको यो निर्णय स्वागतयोग्य भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।

‘हाम्रो माग नै यही थियो। सरकारले लकडाउन खुलाइ सकेकोले भदौ १ गतेभन्दा पहिले देखि नै चालाउन दिए पनि हामी तयार छौँ’ सिटौलाले सेतोपाटीसँग भने।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal