eNepal

मौद्रिक नितिले उछालिएको शेयरबजार ,आज १४ अंकले घट्यो

काठमाडौं । सेयर कारोबारको सुरुमा नै घटेको बजार केही समयमा फर्कपनि त्यो लामो समय टिक्न सकेन । अन्तिम समयमा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बजारमा गिरावट आएसँगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्से मापन गर्ने सूचक १४.९९ अंकले घटेर परिसूचक १४४९.९४ बिन्दुमा रोकिएको छ ।
१८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता सेयर १ अर्ब ८७ करोड २२ लाख २० हजार ४४७ रुपैयाँको सेयर किबनेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको २०.७५, विकास बैंक १३.०३, जलविद्युत कम्पनी २१.४५, निर्जीबन बीमा ३१.१८, माइक्रोफाइनान्स ७.०२, जीवन बीमा समूहको उपसूचक १०९.१२ अंकले घटेको छ । यस्तै होटल २१.८४, टे«डिङ २१.८४ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक ७४.६४ अंकले घटेको छ ।

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, श्री राम सुगर मिल्स, समृद्धि फाइनान्स, सोल्टि होटल, यूनिलिभर नेपालका लगानीकर्ताले कमाउँदा हिमाल दोलखा हाईड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, घोडाघोडी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal