eNepal

अन्योलका बिच नेकपा स्थायी कमिटीको बैठक अहिले बालुवाटार बस्दै

काठमाडौँ  – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बस्दै  ।  पटकपटक स्थगित हुँदै आएको बैठक आज (मंगलबार)  बिहान ११ बजे आज पुनः प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग चर्को रुपमा उठेको छ । आफ्नै राजीनामाको माग बैठकको मुख्य एजेण्डा बनेपछि ओलीले बैठकलाई पर धकेल्दै लगेका छन् । जसको कारण बैठक पटकपटक स्थगित हुँदै आएको छ ।

स्थायी कमिटी बैठक रोकेर ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पटकपटक एक्लाएक्लै छलफल गरे पनि सहमति जुट्न सकेको छैन । प्रचण्डले पनि प्रधानमन्त्री ओलीसहित आफू निकटका नेताहरुसँग छलफल तीब्र बनाएका छन् ।

तर, ओलीको कार्यशैलीबाट असन्तुष्ट प्रचण्ड-माधव नेपाल पक्षमा पनि ठोस सहमति जुटेको छैन । प्रधानमन्त्री ओलीले भने कुनै पनि हालतमा आफूले दुबै पद नछाड्ने अडान लिँदै आएका छन् ।

साउन ३ गते बसेको सचिवालय बैठकमा ओलीले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । उक्त प्रस्तावको विषयमा पनि आजको स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ । नेकपाका शीर्ष नेताहरुले महाधिवेशनको विषयमा फरकफरक धारणा व्यक्त गर्दै आएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal