eNepal

गाडी दुर्घटनामा परी प्युठानमा ७ जना र अर्घाखाँचीमा १ जनाको मृत्यु

काठमाडौं- प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको हो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

पौडेलका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । ट्र्याक्टरमा आठ सवारमध्ये एक जना भने वाच्न सफल भएका छन् । ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

साथै हिजो राती अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जना मृत्यु भएको छ भने ३ जना घाइते हुनुभएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal