eNepal

सिजन २०२० को इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता युएईमा हुने सम्भावना

काठमाडौं -कोरोना भाइरसका कारण स्थगित भएको सिजन २०२० को इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता युएईमा हुने सम्भावना बढेको छ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले आगामी सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म युएईमा सिजनको आइपिएल गराउने विषयमा छलफल अघि बढाएको हो।

तर यो समयमा आइपिएल गर्ने विषयमा बिसिसिआईले औपचारिक निर्णय गर्न आइसिसी र भारतीय सरकारको निर्णय कुर्नु पर्नेछ।

आइसिसीले आगामी अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अस्ट्रेलियामा हुने तय टी-२० विश्वकप स्थगित गर्ने निर्णय गरेपछि आइपिएल गराउन बाटो खुल्नेछ।

आइसिसीले यहि महिना टी-२० विश्वकप गर्ने वा स्थगित गर्ने अन्तिम निर्णय गर्नेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal