eNepal

दिपा दिदी तिमीलाई बधाई छ

image

अस्ट्रेलीयाको भिक्टोरिया राज्यले तिमीलाई प्रतिस्ठीत अवार्डले सम्मान गरेको समाचारले म लगाएत प्राय सबै नेपाली खुसी हुनु स्वभाबिकनै थियो। Victoria Multicultural Award for Meritorious services to the community बाट सम्मानित भएकी सम्भवतः पहिलो नेपाली महिला हुनुपर्दछ। यस्तो गरिमामय अवार्डबाट सम्मानित भएकोमा हामीसबै नेपालीहरुबाट तिमीलाई सामुहीक बधाई ज्ञापन गर्न चहान्छौ।

तिमी साँच्चै यो अवार्डको हकदार पनि थियौ। तिमीमा बिर नेपालीको रगत बगेको भएर पनि होला।तिमी न बोल्न डरायौ न लड्ननै चाहे त्यो लेखेर लड्न नै किन नपरोस या बोलेर लड्न नै किन नपरोस।तिम्रो त्यो साहासीक कामको पक्कै पनि मुक्तकण्ठले प्रसंशा गर्न मन लाग्छ।प्रस्ट बक्ता तिमीले कुनै कुरा उठायौ भने त्यसको अन्तरकुना सम्म पुगेर त्यसको निचोड के हो समाजलाई ऐना जस्तो छर्लङ्ग पार्नमा तिमी निरन्तर लागि रह्यौ। नियम र कानुनको परिधीमा रहेर के गर्न हुने र के गर्ने नहुने।के गर्दा फाईदा र के नगर्दा बेफाईदा हुन्छ मज्जाले त्यसको गुदी केलाउन सक्ने कौसलता तिमीमा हाबी रहेको थियो।

image

नारी हक हितको कुरा देखि नारी सशक्तिकरणका कुरा जसले नारीहरुलाई उर्जा थप्ने कामहरुमा मद्दत गर्थे।यसको सँधै वकालत गर्यौ।अवका नारी दबिनु हुन्न् आफ्नो हक र अधिकार मागेर नपाए खोसेर लिन पनिपछि पर्न हुँदैन भन्ने कुरामा सधै अडिग भएर रह्यौ। यहि कुरा बारम्बार चाहे त्यो फेशबुक मार्फत होस या अरु कुनै माध्यमबाट समाजलाई झक्झकाउने काममा लागि परि रह्यौ।

image

एउटा बिधार्थी भएर आएर अर्काको देशमा पढाईको अलाबा समाजलाई पनि केही गर्न पर्छ भन्ने मनसाय बोकेर समाजका हरेक कार्यक्रममा सहभागिता देखायौ। कुनै पनि सामाजिक कार्यक्रम होस या साँस्कृतीक कार्यक्रममा सहभागी बन्यौ।बड्दै गएको नेपाली समाजलाई कसरि हुन्छ मज्बुद बनाउनु पर्छ भनेर लागि रह्यौ।

भिक्टोरीयामा रहेको नेप्लिज एशोसीयसन अफ भिक्टोरियासँग पनि आबद्ध भएर धेरै समयसम्म समाजको हकहितको लागि कटिबद्ध भएर लागि परि रह्यौ जुन आजको दिन सम्म पनि निरन्तर रहि रहेको छ।यसका अलाबा बिभीन्न सँघ सँस्थासँग आबद्द भएर आफुले सकेको समय दिनमा तिमीले कुनै कन्जुसायी गरेनौ।

बिशेषतह: पछिल्लो समय बिना कुनै स्वार्थ देशको लागि केही राहत सहयोग गरौ भनेर आफ्नो अगुवामा एनआरएनए भुकम्प राहत कोष मार्फत करिब अस्ट्लियन $300000 सहयोग सङ्कलन गरेर तिन हजार किलो औषधी, लत्ता कपडा अनि टेन्ट लगाएतका बिभीन्न सामाग्री सङ्कलन गरेर नेपाल पठाउनमा अग्रसर भुमीका खेल्यौ।

image

कतारमा रहेका बैदेशिक रोजगारमा गएका नेपाली युवाहरुको पिडालाई खेप्न नसकेर एउटा अभियाननै चलायौ जसले सारा बिश्वमा छरिएर बसेका नेपालीहरुमा तरङ्गनै पैदा भयो। कतिसम्म पिडा खपेर युवाहरु कतारमा न भोक न प्यास केहीको वास्ता नगरि नेपाल युवालाई दासबनाएको खवर उनले नै सबैलाई बताईन्। यति मात्र नभएर United against Slavery of migrants worker in Qatar सहितको ब्यानर लिएर मेल्बोर्न क्रिकेट ग्राउन्डमा कडा बिरोद गर्यौ।साउदीमा थुनिएका राम कुमार रिमाललाई आफ्नो देश फर्काउनमा तिमीले निभाएको भमिका पनि यहाँ हामीले कदापी पनि बिर्सन हुन्न।

image

गएको केहि महिना अगाडी कमरेड प्रचन्डको अस्ट्रेलीया भ्रमणलाई लिएर उनले उठाएको प्रसङ्गले नेपालीहरुमा तरङ्गका ज्वारभाटानै पैदा गराएको थियो। खैर गाँठी कुरो जे भए पनि यी यस्ती नारी हुन् जसले समाजलाई अतुलनिय योगदान दिएकी छिन् र यो क्रम निरन्तर चलि रहने छ भन्ने हामी सबैले आशा राखेका छौं।

करिब डेढ दशक देखि निरन्तर नेपाली समाजमा आबद्ध निस्पक्ष र स्पस्ट वक्ता, आफ्ना बिचारलाई पुरै न्याय दिलाउनमा हरतरहले लागि पर्ने दिपा राईलाई उनको साहसिक कदमको कदर गर्दै Victorian Multicultural Commission (VMC)ले समाजको लागि प्रशंसनिय काम गरेबापत दिएको यो अवार्ड केवल यिनलाई मात्रै दिएको अवार्ड होईन। यिनी त केबल एउटा पात्र मात्र हुन। यो हामी सबैको अवार्ड हो। हामीसबै नेपालीहरुको तर्फबाट एकमुस्ट रुपमा बधाई छ तिमीलाई साथ साथै आगामी दिनहरुमा यसरिनै समाजको हकहितमा कटिबद्ध भएर लागि परि रहनु यहि शुभकामना छ तिमीलाई।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal