eNepal

आज मौद्रिक निति आउदै ,के खस्केको अर्थब्यबस्थालाई सम्बोधन गर्ला!

काठमाडौं -नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) दिउसो ३ बजे मौद्रिक नीति ल्याउने भएको छ । राष्ट्र बैंकका अनुासर कोरोना प्रभावित उद्योग व्यवसायलाई तीन महिनादेखि एक वर्षसम्मको सहुलीयत तथा ऋणको पुर्नसंरचना गर्नेगरी मौद्रिक नीति तयार गरिएको छ । विशेषगरी होटलहरुलाई विशेष सुविधा ल्याइएको छ । राहत प्याकेज सहितको मौद्रिक नीति ल्याइने भएको छ । त्यसैगरी घर कर्जाको सुविधा बढाउने, हाउजिङ तथा ब्यापारिक भवन निर्माणमका पनि ऋणको सीमा बढाइएको बताइएको छ । कृषि क्षेत्र, सहुलियतपूर्ण ऋणको ब्यवस्था, पर्यटन, सार्वजनिक यातायात, ट्याक्सी, साना तथा मझौला, लघु उद्यमका लागि सहुलीयत प्याकेज ल्यायएको छ । पर्यटनलाई पुनर्कर्जाको व्यबस्था धेरै गरिएको छ । सेयर धितो ऋणको सीमा खुकुलो बनाउनुका साथै केही बढाइएको जनाइएको छ ।

मौद्रिक नीतिले कर्जा पुनर्तालीकिकरण तथा पुनर्कर्जाको समानुपातिक वितरणलाई फोकस गर्ने भएको छ । त्यसैगरी कोरोना प्रभावित क्षेत्रका बारेमा विशेष सम्बोधन गरिने भएको छ । बजारमा प्रयाप्त तरलता नहुँदा तरलताको अभाव हुन सक्ने अर्को समस्या छ । यसलाई सम्बोधन गर्नेबारे राष्ट्र बैंक चनाखो भएर लागि परेको बताइएको छ । अहिले बजारमा २ खर्ब रुपैयाँको तरलता रहेको छ । यो पर्याप्त नहुँदा थप तरलताका लागि आबश्यक पहल गरिने छ ।

कोरोना महामारीका कारण भएको लकडाउनले अर्थव्यबस्थालाई धेरै नै प्रभावित पारेको छ । अर्थतन्त्रलाई पुनरजीवित गर्नका लागि साना तथा मझौला उद्योगलाई मौद्रिक नीतिले सम्बोधन गर्ने भएको छ । साना तथा मझौला व्यवसायीलाई सहुलियत सहितको प्याकेज ल्याइने नेपाल राष्ट्र बैंक स्रोतको भनाई छ । त्यसैगरी मौद्रिक नीतिमा आत्म निर्भर अर्थतन्त्रको लागि नयाँ योजनाहरु ल्याइने भएको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार तरलताको विकल्प खोज्दै साना तथा मझौला व्यवसाय लाई (एसएमई) मौद्रिक नीतिले बढी फोकस गर्ने भएको छ । प्रत्येक स्थानीय तहमा समानुपातिक पुनर्कर्जा सुविधा वितरण गरिने गरी मौयद्रिक नीतिमा राष्ट्र बैंक जुटेको छ । लघु उद्यमशीलतालाई पनि मौद्रिक नीतिले सम्बोधन गर्ने भएको छ । लघु उद्यमीलाई केन्द्रित गरेर कर्जा वितरण कार्यक्रम ल्याइने बताइएको छ । यस अघिका नियमित मौद्रिक नीति भन्दा फरक किसिमको मौद्रिक नीति ल्याइने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाई रहेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal