eNepal

साउन महिना महिला दिदिबहिनी हरुको लागि बिशेष महिना

काठमाडौं -काठमान्डौ लगायत विभिन्न स्थानमा यो श्रावन महिना अत्यन्तै रमाइलो हुने गर्छ । सबै ठाँउका पसलहरु रंगीन चुरा, पोते लगायतले भरिन्छन् । महिलाहरु चुरा, पोते मेहेन्दी लगाएर आकर्षक भएर हिड्ने गर्छन् । साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर ख्वाउने सबैजसो समुदायमा चलन छ।

आर्थिक कारोवार गर्नेहरूले पनि यो दिनलाई विशेष मान्छन्। नेपालको आर्थिक वर्ष साउन १ गते सुरु हुन्छयो महिनाभरि नै बिशेष गरी महिलाहरुले प्रत्येक सोमबार भगवान शिवको ब्रत बस्ने चलन छ किवंदन्ती अनुसार श्रीमानको आयु लम्बिने बिश्वासका साथ उनीहरु ब्रत बस्दछन् ।

रातो, हरियो र पहेलो तीन रंङमा चुरा पोतेहरु पाइन्छन् यी तीन रङहरुलाई श्रावनको रङ भनेर पनि भन्ने गरिन्छ । फरक फरक रङका मेहेन्दीले मानिसहरुको सृजनालाई पनि प्रर्वद्धन गर्न मद्धत गरिरहेको हुन्छ ।

विवाहित महिलाहरुको परिवारको सुख तथा सम्बृद्धीका लागि हत्केलालाई मेहेन्दी लगाएर सुन्दर बनाउछन् र भगवानको प्राथना गर्छन् । अविवाहित महिलाले पनि आफ्नो खुशीका साथसाथै जीवन पनि मेहेन्दीको रङ जस्तै रङ्गीन तथा गहिरो होस् भन्दै प्राथना गर्ने गर्दछन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal