काठमाडौं -अहिले नेकपा स्थायी कमिटीको बैठक केही समयदेखि जारी छ तर अहिलेसम्म आधिकारिक निर्णय लिन नसकेको हुँदा बैठक बस्न सकेको छैन ।यतिबेला प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सुरू भएको छ।
बुधबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीमा देखिएको विवाद समाधानका लागि छलफल भएको हो। यसअघि मंगलबार पनि दुई अध्यक्षबीच भेट थियो। भेटमा कुनै पनि नयाँ प्रगति नभएको बताइएको थियो।
यसैगरी गत बुधबार दुई अध्यक्षको भेट भएको थियो। भेटमा दुवै अध्यक्षले आ-आफ्ना अडान राखेका थिए। सहमति खोज्नका लागि भन्दै असार २६ गतेको स्थायी समिति बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ।
बाढी पहिरोको कारण देखाइ लम्बिएको बैठक अब साउन २ गते बस्ने भनिएको छ । अहिलेसम्म दुई अध्यक्ष बीच कुरा नमिलेको हुँदा साउन २ गते पनि बैठक बस्नेमा दुबिधा उत्पन्न भएको छ ।

