eNepal

कर्जाको ब्याज तिर्न नसक्नेलाई थप समय दिइने : नेपाल रास्ट्रबैक

काठमाडौं – अन्तत नेपाल राष्ट्र बैंकले ऋण तिर्न नसक्नेलाई समय थप्ने सुविधा सहितको मौद्रिक नीति ल्याउने भएको छ । सक्नेहरुले बैंकको ऋण तथा व्याज र किस्ता तिराउनका लागि साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्न लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम रस्साकस्सीमा जुटेको छ । बैंकको ऋण तिर्न नसक्नेहरुका लागि म्याद थप सहितका सुविधाहरु ल्याइने तयारी भएको बताइएको छ । ऋणको साँवा, किस्ता तथा ब्याज भुक्तानीमा मौद्रिक नीतिले सहजीकरण गर्ने तयारी भएको राष्ट्र बैंक उच्च स्रोतले जनाएको छ । असार अन्तिम साता ल्याइने गरेको मौद्रिक नीति कोरोना प्रभाव तथा लकडाउनका कारण प्रयाप्त समय अभावले गर्दा साउन पहिलो साता जारी गरिने भएको राष्ट्र बैंकले जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीको यो पहिलो मौद्रिक नीति हो । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि साउन पहिलो साता मौद्रिक नीति ल्याउनेगरी गृहकार्य गरीरहेको जनाएको छ । मौद्रिक नीतिका लागि सुझावहरु संकलन गरी तयारीको अन्तिम संघारमा पुगेको छ ।

अहिले कोरोना कहरका कारण मौद्रिक नीति यसैको केन्द्रविन्दुमा तयार हुँदै छ । हाल लगानीका क्षेत्रहरु साँधुरीदै गएको अबस्था छ भने कोरोना तथा लकडाउनका कारण व्यापार व्यबसाय ठप्प छ । जसका कारण अर्थतन्त्रका अधिकाँस सूचकहरु अत्यन्तै कम्जोर भएका छन् । यो अबस्थामा आर्थिक बृद्धिको लक्ष लिने आधारहरु खेखिँदैनन् । अर्थतन्त्रलाई नियमित रुपमा संचालन गर्ने र कोरोना प्रभावबाट तहसनहस भएका क्षेत्रहरुलाई व्यूताउँने कार्यलाई नै म्रौद्रिक नीतिले सम्बोधन गर्ने नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal