eNepal

चितवनबाट प्रचण्डको गर्जन ,नक्सा जारी गर्न मैले लगाएको हो! कोहि दलाल र कोहि महान रास्ट्रबादी नभएको भनाइ

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन बताएका छन् ।

आइतबार नेकपा चितवनद्वारा भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी नभएको बताउँदै नक्सा छाप्न प्रधानमन्त्री केपी ओलीले औपचारिकता दिएको बताएका हुन् ।

‘मलाई कार्यकारी भनिएको लगत्तै पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा बसेको बेलामा हामीले भारतले नयाँ नक्सा जारी ग-यो अब हामीले पनि तुरुन्तै हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नेपाली नक्सा प्रकाशन गर्नैपर्छ भनेर स्थायी समितिबाट सर्वसम्मत गराएको  छु’ उनले भने, ‘यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्सा बनाएको हो । स्थायी कमिटी बैठकमा मैले बोल्दा होस् या सबैले सरकारलाई, कमरेड केपी ओलीलाई धन्यवाद दिइएको छ । नक्सालाई वैधानिकता दिन पार्टीले निर्णय गरेर मात्र पुग्दैनथ्यो, अन्त्यमा प्रधानमन्त्रीको हैसियतले वैधानिकता दिन र औपचारिकता दिनुभयो । के राष्ट्रवाद जिन्दावाद र मुर्दावादको कुरा हो ?’

अध्यक्ष प्रचण्डले आफूहरूलाई उक्साउने प्रवृत्ति रहेकोले सावधान रहनु पर्ने पनि बताएका छन् । उनले पार्टी फुट्ने र कार्यकर्ताहरु यता उता दौडनुपर्ने अवस्था नआउने बताउँदै यसका लागि नेतृत्वलाई खबरदारी गर्नसमेत चितवनवासीलाई आग्रह गरेका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal