केही हप्ता अगाडी बरिस्ठ गायक खेमराज गुरुङको मृत्युले सारा नेपालीलाई स्तब्ध बनायो। उनको लोकप्रीयता नेपाली साङ्गीतिक आकाशमा औधीनै रहेको थियो। हरेक उमेर समुहका मानिसहरुले उनको वारी जमुना पारी जमुना सुनेका थिए। उनलाई वारी जमुना पारी जमुना गायक भनेर पनि चिनीने गरिन्थ्यो। उनले नेपाली गीत र सङ्गीतमा गरेको योगदान उतुलनिय थियो तर एक्कासी उनको मृत्युको खवरले सबैलाई मर्माहत बनायो।सारा विश्वका नेपाली स्तव्ध भए। समबेदनाका स्वरहरु बर्षीन थाले। पछि उनको उपचारमा सम्लग्न डाक्टरबाट थाहा भयो कि उनको मृत्युको मुख्य जड रक्सी रहेछ। डाक्टरले जन्डीस भएपछि रक्सी मुखमा नहाल्नु भनेर चेतावनी दिदा दिदै पनि उनले त्यसलाई अस्वीकार गर्दा बाच्न मन हुँदा हुँदै अन्तत: हामी सबैलाई केबल मिठा मिठा गीतहरु दिएर एउटा कहिलै नमेटिने सम्झना दिएर गए।४२ वर्षीय गुरुङको कलेजोमा समस्या आएपछि उनको उपचारको क्रममा निधन भएको थियो।

त्यस्तै आज एकाएक फेरी अर्को दुखद खवर आयो।नेपाली साङ्गीतिक आकाशका एक कुसल गायक, एरेन्जर एबम् गीतार बाधक सुनील बर्देवाको मृत्यु।यो समाचारले झन् स्तव्ध बनायो। एका बिहानै यस्तो अप्रत्यारिलो समाचारले मननै गरुङ्गो भएर आयो। उपचारमा सम्लग्न डाक्टरहरुका अनुसार उनको मृत्यु लिभर सिरोसिसबाट भएको बताइएको छ जुन नेपाल र विश्वका धेरै देश हरुमा लिभर सिरोसिस हुनुको प्रमुख कारण रक्सी सेवन भएको चिकित्सकहरु बताउँछन् । नियमित रुपमा खाने रक्सीले कलेजो सुन्निदै जान्छ । किनभने रक्सीको मात्रा बढेसंगै कलेजोमा बोसो जम्दछ । बोसो जमेपछिको अवस्थामा जण्डिस देखा पर्ने गर्दछ । यसलाई ‘अल्कोहोलिक हेपाटाइटिस’ भनिन्छ ।(स्वास्थ्य खबरबाट प्रेसीत)



