पुर्बराजा ज्ञानेद्र शाहले आज एक सन्देशमार्फत विषम परिस्थितिमा देशको अवस्था पुगेको हुँदा जन्म दिन नमनाउने घोषणा गरेका छन।राष्ट्रियता नै हाम्रो मुल मन्त्र र एकता नै शक्ति हो तर जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ भनी प्रतिप्रश्न गरेका छन । रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्याका सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ भन्दै चिन्ता व्यक्त गरेका छन ।
राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेको छु बिज्ञप्ति मा उल्लेख्य गरिएको छ ।


