eNepal

अर्घाखाँचीमा हिजोदेखी भीषण बर्षा ,बर्षाले सन्धिखर्क ६ स्थिति जगतमा घरगोठ बगायो

अशोक टन्डन\असार ६ शनिबार -अविरल वर्षाले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा पहिरो गएको छ । पहिरोले घरगोठ भत्काउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ ।
नरपानीको जगात निवासी थानबहादुर महत्राको घरगोठ पहिरोले बगाउँदा गोठमा रहेको लैनो भैंसी, एक बाख्रा, २ वटा खसी, कोठामा रहेको २ लाख नगद , ८ तोला सुन, लत्ता कपडा तथा खाद्यान्न सबै पुरिएको छ । पहिरोले १५ लाख बराबरको क्षति भएको वडा अध्यक्ष कृष्ण बहादुर आचार्यले बताए ।
बिहान एक्कासी आएको पहिरोले घरगोठ बगाएको हो । पहिरोका कारण त्यसै स्थानमा अन्य तीन घर पनि जोखिममा रहेका छन् ।

अविरण वर्षाका कराण विभिन्न स्थानमा पहिरो गएपछि गोरुसिंगे सन्धिखर्क सडकअवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिकाको नरपानी तथा शितगंगा नगरपालिकाको सितापुर र ठाडाका विभिन्न भागमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए ।

पानी नरोकिएकाले सडक खुलाउन समस्या भएको छ । वर्षा र पानीले पहिरो जाँदा जिल्लाका ग्रामीण सडक पनि अवरुद्ध भएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal